आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोशी प्रदेश : आन्दोलनकारीसँग वार्ता गर्न उपेन्द्र यादवको आग्रह

आइतबार, १४ जेठ २०८०, २३ : ११
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले कोशी प्रदेशमा आन्दोलन गरिरहेका आन्दोलनकारीमाथिको दमन बन्द गरी वार्ताबाट समस्याको हल गर्न सरकारसँग आग्रह गरेका छन् ।

आइतबार बसेको पार्टीको कार्यकारिणी समितिको बैठकपछि अध्यक्ष यादवले विज्ञप्ति जारी गरी सो आग्रह गरेका हुन् । 

प्रदेश सभाबाट प्रदेश नम्बर १ को नाम कोशी प्रदेश राखिएको छ । त्यसको विरुद्धमा विराटनगरलगायतका ठाउँमा आन्दोलन भइरहेको छ ।

अध्यक्ष यादवले कोशी नामलाई खारेज गरी ऐतिहासिक पृष्ठभूमि र पहिचानलाई समेत सम्बोधन हुनेगरी पुनःनामाकरण गर्न माग गर्दै भइरहेको जनप्रदर्शनमाथि सरकारले दमन गरिरहेको आरोप लगाएका छन् । प्रदर्शनमाथि दमन गर्ने कार्य तत्काल बन्द गरी समस्याको न्यायोचित सम्बोधन हुनेगरी आन्दोलनकारीसँग वार्ता गर्न माग गरेका छन् ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप