आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा लाग्न मन्त्री बस्नेतको निर्देशन

आइतबार, १४ जेठ २०८०, २० : ५५
आइतबार, १४ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले नेपालमा जलन उपचार व्यवस्थापनमा संलग्न उपत्यकाका ६ वटा अस्पताल प्रमुख र विज्ञहरुसँग आइतबार मन्त्रालयमा छलफल गरेका छन् । छलफलमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलसहित मन्त्रालय अन्तर्गत महाशाखाका अधिकारी पनि सहभागी थिए ।

छलफलमा जलन उपचार व्यवस्थापनमा संलग्न वीर अस्पताल, पाटन अस्पताल, कान्ति बाल अस्पताल, त्रिवि शिक्षण अस्पताल, कीर्तिपुर बर्न अस्पताल र सुष्मा कोइराला मेमोरियल अस्पतालका प्रमुख र विज्ञहरुले जलन उपचारको वर्तमान अस्वस्था, चुनौती र अबको बाटो सन्दर्भमा छलफल गरेका थिए । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव डा.रोशन पोखरेलले उपत्यकाका ६ वटै जलनको उपचार हुने अस्पतालहरुलाई समन्वयात्मक रुपमा सेवा प्रवाहको व्यवस्था गर्ने गरी सम्पर्क व्यक्ति तोक्ने उनले निर्देशन दिए । ती अस्पतालहरुले उपत्यका बाहिरका संघीय र प्रादेशिक अस्पतालहरुलाई उपचारमा सहजीकरण गर्ने गरि अस्पताल तोक्ने र ती अस्पतालहरुको नेटवर्किङ गरि तोकिएका अस्पतालबाट जलनको उपचार एवं विशेषज्ञ जनशक्ति व्यवस्थापनमा सहजीकरण गर्ने गरि टेलिमेडिसिन सेवा मार्फत एकिकृत जलन उपचार व्यवस्थापन गर्न सबै मिलेर काम गर्नुपर्ने मन्त्री बस्नेतले बताए । 

मन्त्री बस्नेतले विज्ञहरुबाट प्राप्त सुझाव कार्यन्वयनमा नेतृत्वदायी र सकारात्मक भूमिका खेल्ने बताए । उनले मन्त्रालयले सकेसम्म जलन उपचार व्यवस्थापनमा सहजीकरण गर्ने आश्वासन दिँदै थौरै समयमा धेरै नतिजा निकाल्ने गरि जलनको उपचार र रोकथाममा काम गर्न सबै अस्पताल र विज्ञहरुलाई निर्देशन दिए ।

health

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप