आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेट अप्ठ्यारो स्थितिमा आएको छ, कार्यान्वयन पक्ष हेर्नुपर्छ : राणा

सोमबार, १५ जेठ २०८०, १९ : ४९
सोमबार, १५ जेठ २०८०

काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं सांसद उदय शमशेर राणाले आगामी आर्थिक वर्षको बजेट अप्ठ्यारो स्थितिमा आएकाले कार्यान्वयन पक्षलाई हेर्नुपर्ने बताएका छन् । 

आगामी आर्थिक वर्षको बजेट संसदमा प्रस्तुत भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै राणाले बजेट विस्तृत रुपमा अध्ययन गरेपछि मात्रै भन्न सकिने बताए । 

‘आगामी आर्थिक वर्षको बजेट अप्ठ्यारो परिस्थितिमा बजेट आएको छ । कतिपय क्षेत्रमा खर्च घटाउन खोजिएको छ । पोहर सालको भन्दा अहिले बजेटको साइज घटाएको छ’ राणाले भने, ‘चालू खर्च बढेको देखिन्छ त्यो कहाँ कहाँ बढेको छ हेर्नुपर्ने हुन्छ । ’ 

कतिपय योजना घटाएको भएपनि बजेट विस्तृतमा हेर्नुपर्ने राणाले बताए । अहिलेको आवश्यक विकास निर्माण भएकाले त्यसमा बजेट धेरै विनियोजन गर्नुपर्ने आवश्यकता देखिएको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप