आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेम गरेकाले आखिर हत्या कसरी गर्न सक्छन् ?

मङ्गलबार, १६ जेठ २०८०, १६ : ०२
मङ्गलबार, १६ जेठ २०८०

– नासिरुद्दीन/बीबीसी

यो मुटु कमाउने खबर हो । समाजको रूपमा हामी हिंस्रक, अमानवीय र कायर हुनुको खबर पनि हो । 

दिल्लीको एक इलाकामा एक नौजवानले किशोरीको हत्या गरिदिए । हत्या क्यामेरामा कैद छ । त्यसमा स्पष्ट देखिएको छ – ती नौजवान कति निडर छन् । उनले कसरी एक किशोरीको हत्या गरिरहेका छन् । 

एकातिर यस्तो बीभत्स घटना भइरहेको छ र अर्कोतर्फ मानिसहरू आरामले हिँडिरहेका छन् । कसैले रोकेको छैन, प्रयत्न पनि छैन । कसैले प्रहरीलाई खबर गरेको छैन । प्रहरीले निकै ढिला गरी घटनाबारे जानकारी पायो । किशोरी अब यो दुनियाँमा छैनन् । 

यी दुई ‘प्रेम सम्बन्धमा’ थिए भनिन्छ । यो घटना सनकमा भयो । त्यसो भए के ‘प्रेमको सम्बन्ध’ मा बर्बरता हुनसक्छ ? प्रेमको सनक हिंस्रक हुनसक्छ ?

यसैबीच, हामी के मा चर्चा गरिरहेका छौँ ? हामी मार्ने बर्बर तरिका र मार्नेको धर्ममा चर्चा गरिरहेका छौँ । तर यो चर्चामा जुन चिज नजरअन्दाज गरिँदै छ, त्यो हो केटाहरूको यस्तो व्यवहार ।

तर कसैले मुटुमाथि हात राखेर केटाहरूको यस्तो व्यवहार फलानो धर्म मान्नेहरूमा मिल्दैन भनेर ठोकुवा गर्न सक्नुहुन्छ ? जवाफ केटाहरूलाई होइन, किशोरी, युवती र महिलालाई सोध्नुपर्छ ।

त्यसैले हामीले यस्तो कुरा गर्नुपर्छ जसले हामीलाई यस्तो हिंसाको जडसम्म पुर्याउन मद्दत गर्छ ।

violence1प्रेम वा पुरुषत्व

जसलाई माया गर्ने कुरा गर्छन् वा जोसँग रात–दिन बस्छन् वा साथ दिने कसम खान्छन्, उनीहरूको हत्या गर्ने हौसला पुरुषलाई कहाँबाट आउँछ ? 

यो हौसलाको एउटा स्रोत हो – धौँसपूर्ण विषाक्त पुरुषत्व । यो पुरुषत्व सबै कुरा नियन्त्रण गर्न चाहन्छ । यसले मानिस र मानिसको जीवनमाथि पनि नियन्त्रण गर्न चाहन्छ ।

उनीहरू युवती वा महिलालाई सम्पत्ति झैँ आफ्नो कब्जामा राख्न चाहन्छन् । उनीहरूलाई आफ्नो इशारामा नचाउन चाहन्छन् । यस्तो पुरुषत्वका लागि अरू कसैको इच्छा वा महिलाको स्वतन्त्र व्यक्तित्वले केही फरक पार्दैन । 

हुन त उनीहरू ‘प्यासोनेट’ देखिन्छन् तर उनीहरू सिरिनको फरहाद र लैलाको मजनु बन्न सक्दैनन् । उनीहरू ‘कबिर सिंह’ बन्छन् ।

त्यसैले यस्ता हिंस्रकलाई मजनु वा रोमियो भन्नु पनि यी दुई प्रेमीको बेइज्जती हो । भन्नै परे यस्ता हिंस्रकलाई कबिर सिंह भन्न सकिन्छ । 

violence2हिंस्रक पुरुषले घेरिएको समाज

तर पुरुषले पनि के गरुन् ? उनीहरूको समस्या पनि त बुझ्नुपर्‍यो । पुरुषसँग कुनै पनि तनाव वा समस्याको हल निकाल्नका लागि अहिंस्रक बाटो नै छैन । पुरुषत्वले उनीहरूलाई अहिंस्रक सञ्चार सिकाएकै छैन ।

उनीहरूलाई संवादको एउटै मात्र तरिका थाहा छ – हिंसा । हिंसा चाहे कुराले होस् वा साङ्घातिक हमलाले । यसो भन्दा राम्रो होला – विषाक्त पुरुषत्वको साँचोले उनीहरूलाई एउटै तरिका सिकायो, त्यो हो हिंसा । ‘नाइँ’ सुन्नै सक्दैनन् ।

आफूले सोचे विपरीत कुनै कुरा पनि सह्य छैन । जवाफ, हिंसाले दिनुपर्छ । यसको नतिजा यो हो कि उनीहरू आफैँ हिंस्रक भइरहेका छन् । अमानवीय भइरहेका छन् । यसको असर उनीहरू माथि र उनीहरूसँग बस्ने माथि परिरहेको छ । तर के, कसैलाई कुट्नु वा हत्या गर्नु, पुरुषत्व हो त ?

विषालु पुरुषको पहिचान

यस्ता विषालु पुरुषका केही लक्षण हुन्छन् । उनीहरू बारम्बार प्रेमको नाम लिइरहन्छन् । तर उनीहरूको प्रेमले कसैलाई स्वतन्त्रता होइन नोकर बनाउँछ । उनीहरू ‘नाइँ’ भनेको सुन्नै चाहँदैनन् । 

उनीहरू किशोरी वा महिलालाई कसैसँग कुरा गरेको वा नजिक भएको हेर्न सक्दैनन् । उनीहरू प्रेमको कुरा ल्याउँदै आउने जाने, कुरा गर्ने, फोन, सोसल मिडिया–सबैमा नियन्त्रण गर्न चाहन्छन् । उनीहरू आक्रामक हुन्छन् । रिसमा नियन्त्रण गर्न सक्दैनन् । उनीहरुले प्रेम पनि देखाउँछन् र धम्क्याउँछन् पनि ।

आफूले जिद्दी गरे पनि उनीहरुले कसैको पनि कुरा सुन्दैनन् । अरूको भावनाको सम्मान पनि गर्दैनन् । उनीहरूका लागि महिलाको शरीरको प्रयोग नै बढी आवश्यकता हुन्छ । उनीहरू शरीरलाई प्रेम गर्छन् । त्यसमाथि आफ्नो जीत हासिल गर्न चाहन्छन् ।

violence3‘नाइँ’ को इज्जत गर्न सिक्नुपर्छ

प्रेम दुई वा दुईभन्दा बढी व्यक्तिको सहमतिको नाम हो । चाहना एकतर्फी हुनसक्छ । जसरी हामीलाई कोही मन पर्न सक्छ, ठ्याक्कै त्यस्तै कसैलाई हामी मन नपर्न पनि सक्छ । 

एकतर्फी चाहतलाई प्रेम वा मोहब्बत बन्न सकिँदैन । यति साधारण कुरा हामी किन बुझ्दैनौँ । कसैको नाइँको इज्जत गर्नु नै प्रेमको पहिलो सिँढी हो । प्रेममा सम–भाव हुन्छ । एकतर्फी चाहत वा लगावमा सम–भाव हुँदैन । 

 

हिंसाको बढ्दो दायरा

यति मात्रै होइन, पुरुषमा हिंसाको कल्पना जति भयानक र खतरनाक छ, त्यो पूरा समाजका लागि ठुलो खतरा बनेको छ । महिलाको जीवनका लागि त घातक नै हो ।

पुरुष जुन हौसलाले महिलामाथि हिंसा गरिरहेका छन्, त्यो समाजमा दिनप्रति दिन बढिरहेको छ र यो अरू हिंसाभन्दा फरक छैन । अन्य हिंसामा पनि त योगदान पुरुष अर्थात् ‘मर्द’ कै त हुन्छ । पुरुषलाई लाग्छ, उनीहरूलाई हिंसा गर्न छुट छ ।

हिंसा उनीहरू पुरुष हुनुको प्रमाण हो । हिंसा जायज छ । कसैलाई कुटेर वा मारेर उनीहरू आरामसँग बस्न सक्छन् । उनलाई कसैले सजाय दिन सक्दैन । त्यसैले त उनीहरू निजी सम्बन्धमा निर्धक्क भएर हिंसा गरिरहेका छन् ।

त्यसो भए प्रेम के हो ? 

माया त त्यागको पर्याय हो । हामीले माया गर्नेलाई कसरी हानी पुर्याउन सक्छौँ ? उसको हत्या गर्न सक्छौँ । हत्यामा बर्बरताको सबै हद कसरी पार गर्न सक्छौँ ?

प्रेममा झुटो वचन पनि हुँदैन । यसमा छल–प्रपञ्च, कपटको ठाउँ पनि हुँदैन । प्रेम कुनै लोभमा... यो दुनियाँ वा त्यो दुनियाँमा स्थान बनाउने नाम पनि होइन । प्रेममा जाति–धर्म–भाषा–लिङ्गको पर्खाल पनि हुँदैन । 

मायामा बर्बरता हुन सक्दैन । यो महिलालाई सम्पत्ति, बदला र घृणाको रूपमा लिने भावनाबाट उत्पन्न हुन्छ । यो विषाक्त पुरुषत्व हो ।

violence4पुरानोलाई बिर्सनुपर्छ, नयाँ पुरुषत्व सिक्नुपर्छ

प्रेममा हत्या गर्ने वा एसिडले अनुहार कुरूप गर्ने–यस्ता कार्यले केटाको पालनपोषणमा समाजले कति एसिड हालेको छ भन्ने बताउँछ ।

त्यसैले केटाहरूले पहिले आफ्नो जीवनबाट ती सबै चीजहरू हटाउनु पर्छ, जुन उनीहरूले पुरुषत्वको नाममा अहिलेसम्म सिकेका छन् । उनीहरुले पुरुषत्वलाई नयाँ ढङ्गले अपनाउनुपर्छ । यस पुरुषत्वको पहिलो र अनिवार्य सर्त अहिंसा र भ्रातृत्व हो ।

लोकतान्त्रिक हुन सिक्नुपर्छ । लोकतान्त्रिक बन्नु भनेको मनविरुद्धको कुरा सुन्ने बानी बसाल्नु हो । असहमति सुन्ने र त्यसको इज्जत गर्ने बानी पार्नु हो ।

आफ्नो कुरा मान्न लगाउने जिद्दी छोड्नुपर्नेछ । दोस्रो व्यक्ति, विशेष गरी महिलाको दृष्टिकोण र धारणालाई स्थान दिनु हो । यस्तो भए मात्रै हामीले प्रेमको सम्बन्धमा हिंसाको कुरा सुन्नुपर्ने छैन ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप