आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

झलनाथ खनाल सहभागी कार्यक्रममा नाराबाजी गर्ने ९ जना पक्राउ

बुधबार, १७ जेठ २०८०, १० : ५९
बुधबार, १७ जेठ २०८०

काठमाडौँ । नेकपा एकिकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल सहितका कम्युनिष्ट नेता सहभागी कार्यक्रममा हुलदंगा र नाराबाजी गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार अनामनगरस्थित सामाजिक विकास समाजको हलमा आयोजित कार्यक्रममा एकजना युवाले मञ्च कब्जा गरेर पूर्वराजाको पक्षमा भाषण गरे । त्यसपछि उनीहरुले सामूहिक रुपमा नाराबाजी गरेका हुन् ।

कार्यक्रममा झलनाथ खनाल, नेकपा क्रान्तिकारी (माओवादी) सिपी गजुरेल र पूर्व गभर्नर डा.दिपेन्द्र क्षेत्री सहभागी थिए । हुलदंगा गर्ने ९ जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका सूचना अधिकारी (एसपी) सिताराम रिजालले रातोपाटीलाई बताए । पक्राउ पर्नेमा सन्तोष राजाबादीसहित ९ जना छन् । पूर्व प्रधानमन्त्री खनाललाई गाली–गलौज गर्दै आक्रोशित समूहले ‘सर्प चोर देश छोड’ भन्ने नारा लगाएका थिए । नेताहरुलाई ‘दलाल’ को आरोप लगाएका उनीहरुले मुलुकको सम्वृद्धिका लागी ‘पूर्व राजाले वार्ता गर्ने’ बताएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप