दिल्लीमा बालेनका प्रशंसक : नेपाललाई युरोप बनाउन सुझाव (भिडियोसहित)
बुधबार, १७ जेठ २०८०, ११ : १३
नयाँ दिल्ली । काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहका प्रशंसक दिल्लीमा पनि भेटिएका छन् । दिल्लीमा अटो रिक्सा चलाउँदै आएका नितिनकुमारले बालेनले काठमाडौँमामा राम्रो काम गरिरहेको भनी प्रशंसा गरे ।
भारतको राजधानी नयाँ दिल्लीस्थित नेपाली दूतावास अगाडि भेटिएका नितिनकुमारले भने, ‘बालेनसँग मेरो एउटा आग्रह छ कि नेपाललाई युरोप बनाउन्, यतिका नेपालीहरू युरोप जान्छन्, ती युरोप नजाआउन्, नेपाललाई नै डेभलोप गरुन् ।’
बालेनले काठमाडौँलाई आधाभन्दा बढी सफा गरेको बताउँदै उनले अरू पनि सफा गर्ने बताए । ‘राजाको गाडी निकाले, उनको महलको अगाडिबाट नदी निकालिसके, अब अरू के गरुन् ?’ नितिनकुमारले बालेनको कामको प्रशंसा गर्दै भने ।
उनले आफूलाई बालेनको चश्मा समेत मन पर्ने बताए ।