आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सबिल खानलाई ‘आइकन अफ एसिया अवार्ड २०२३’ अवार्ड

बुधबार, १७ जेठ २०८०, १९ : ०४
बुधबार, १७ जेठ २०८०

काठमाडौं । अरबेन्स नेपाल र रिल्याक्स नेपालका प्रमुख कार्यकारी अधिकृत सबिल खालले ‘आइकन अफ एसिया अवार्ड २०२३’ जितेका छन् ।  उक्त अवार्ड दुबईको होटल क्राउन प्लाजनामा कार्यक्रम आयोजना गरेको वितरण गरिएको थियो । 

उक्त अवार्डका लागि ४२ देशका विभिन्न कम्पनीबाट सहभागी भएका थिए । नेपालबाट विभिन्न कम्पनीका २५ जनाले अवार्डमा भाग लिएका थिए । उक्त अवार्ड खानको हातमा परेको हो । 

यसका लागि कार्यालयमा नेतृत्व लिन सक्ने क्षमता, सम्पूर्ण टिमलाई परिचालन गर्न सक्ने क्षमता लगायतका मापदण्ड तोकिएको थियो । 

अवार्ड वितरण समारोहमा दुबईको परराष्ट्र मन्त्रालयका केएल गन्जुले उद्यमशीलताका विषयमा आफ्ना विचार व्यक्त गरेका थिए । 

अवार्ड जितेपछि खानले आयोजकलाई धन्यवाद दिँदै आफू अत्यन्तै हर्षित भएको प्रतिक्रिया दिए । आफ्नो लगनशीलता र मिहिनेतका कारण उक्त सम्मान प्राप्त गरेको उनको भनाई छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप