आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
प्रधानमन्त्रीको भारत भ्रमण

नयाँ दिल्लीमा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

बिहीबार, १८ जेठ २०८०, ११ : ३७
बिहीबार, १८ जेठ २०८०

नयाँदिल्ली । भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । बिहीबार अपरान्ह नयाँदिल्लीस्थित हैदरावाद हाउसमा प्रधानमन्त्री मोदी र प्रचण्डबीच भेटवार्ता भएको हो । 

भारतीय प्रधानमन्त्री मोदीसँग भेटवार्ता हुनुअघि प्रधानमन्त्री प्रचण्ड राजघाटस्थित महात्मा गान्धीको समाधीस्थल पुगेर पुष्पगुच्छा अर्पण गरेका थिए ।  त्यसक्रममा उनले आगन्तुक पुस्तिकामा गन्धीप्रति श्रद्धाञ्जली प्रकट गरेका थिए । प्रधानमन्त्री प्रचण्ड मोदीसँगको भेटवार्ताका लागि हैदराबाद पुग्दा कारगेटसहित पुगेका थिए ।

दुई प्रधानमन्त्री बीचको भेटवार्तामा दुई देशबीचको सम्बन्धका विभिन्न आयमबारे कुराकानी भएको थियो । प्रधानमन्त्री मोदी र प्रचण्डबीचको भेटवार्तालगत्तै दुवै प्रधानमन्त्रीले संयुक्त पत्रकार सम्मेलनको आयोजना गर्नेछन् ।

prachanda-modiprachanda-modi2

प्रधानमन्त्री प्रचण्ड र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच हैदरावाद हाउसमा भेटवार्तापछि फोटो खिच्दै– 

prachanda-modi (1)prachanda-modi (2)prachanda-modi (3)prachanda-modi (4)prachanda-modi (5)prachanda-modi (7)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजकुमार सिग्देल
राजकुमार सिग्देल

रातोपाटीका समाचार सम्पादक सिग्देल समसामयिक तथा राजनीतिक  विषयवस्तुमाथि कलम चलाउँछन् ।

लेखकबाट थप