आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
सभामुख घिमिरेलाई प्रश्न : संसद्‍मा ‘ग्रेटर नेपाल’को नक्सा राख्न सकिँदैन ? (भिडियोसहित )
नक्सा विवाद

सभामुख घिमिरेलाई प्रश्न : संसद्‍मा ‘ग्रेटर नेपाल’को नक्सा राख्न सकिँदैन ? (भिडियोसहित )

बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद्मा ग्रेटर नेपालको नक्सा राख्ने नराख्ने भन्ने कुरा छलफलको विषय हुनसक्ने बताएका छन् । 

बिहीबार सिंहदरबारस्थित बन्दै गरेको संसद् भवनको निरीक्षणपछि सभामुख घिमिरेलाई ‘भारतले नयाँ संसद् भवनमा नेपालको भूमि समेटेको नक्सा राखेको छ , नेपालको नयाँ संसद्मा पनि ग्रेटर नेपालको नक्सा राख्न सकिँदैन ?’ भनेर प्रश्न गरिएको थियो ।  

जवाफमा घिमिरेले भौतिक निर्माण पहिलो प्राथमिकतामा भएको बताए । ‘भौतिक चिज सिद्ध्याऊ त्यसपछि राजनीतिक आर्थिक, सांस्कृतिक कुरा गरौला’, घिमिरेले घुमाउरो जवाफ दिँदै भने, ‘कहाँ के राख्ने कसरी राख्ने ? डेकोरेसनका कुराहरू सहायक कुराहरू हुन् । तर पहिला हाम्रो जे आवश्यकता हो त्यो पूर्ति गर्न लागौँ ।’

उनले भने, ‘तपाईंले उठाउनुभएका कुराहरू निश्चय पनि छलफलका विषय हुन् । तर अहिले हाम्रो चिन्ता,ग्रेटर नेपाल, पुरानो नेपाल, उसले यसो गर्‍यो हामी यता काउन्टरमा यसको किन नगर्ने भन्ने होइन ।’ त्यसक्रममा घिमिरेले संसद् भवन अब समयमै सम्पन्न हुनेमा आफू विश्वस्त रहेको पनि बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया