गर्मी बढेपछि एक हप्ताका लागि रौतहटका सबै विद्यालय बन्द
बिहीबार, १८ जेठ २०८०, १५ : ५६
रौतहट । केही दिनदेखि अत्यधिक गर्मी बढेका कारण रौतहटका सबै सामुदायिक विद्यालय एक हप्ताका लागि बन्द गरिएको छ ।
जिल्ला शिक्षा समन्वय इकाई रौतहटले बिहीबार सूचना जारी गर्दै जिल्लाको १८ वटै स्थानीय तहका सबै विद्यालय एक हप्ताका लागि बन्द गर्न सिफारिस गरेको हो ।
अत्यधिक गर्मीका कारण पठनपाठनमा प्रतिकुल असर परिरहेको र कतिपय बालबालिका मुर्छित समेत भइरहेकाले वर्षे बिदाबाट कट्टा हुनेगरी एकहप्ता गर्मी बिदाका लागि अनुरोध गरेको इकाई प्रमुख रामाविनय कुमार सिंहद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।