आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न सभामुखको निर्देशन

बिहीबार, १८ जेठ २०८०, १६ : २१
बिहीबार, १८ जेठ २०८०

काठमाडौँ । सभामुख देवराज घिमिरेले नयाँ संसद् भवनको काम निर्धारित समय भित्र सम्पन्न गर्न निर्देशन दिएका छन् । बिहीबार सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनको निरीक्षण एवं अवलोकन गर्दै उनले ठेक्का समयभित्रै काम सम्पन्न गर्न निर्देशन दिएका हुन् । उनले भने, ‘समयको हिसाबले काम कम छ, तर अब यसले गति लिन्छ, सबै लाग्नुपर्छ, बन्नुपर्छ समयमा नै । यो राष्ट्रको आवश्यकता हो । हिजोका प्रतिकुलतालाई अब अनुकूलतामा बदलेर समयमा नै काम सक्नुपर्छ । अब अनुकूलता सबै ठाउँमा छ । यसले अब समयमा नै काम सकिन्छ ।’

सभामुख घिमिरेले वर्तमान अवस्थामा देशको अर्थतन्त्र सन्तोषजनक नरहे पनि संसद् भवन निर्माण कार्यका लागि सरकारले भुक्तानी गर्न आनाकानी नगरेको बताए । सबै भुक्तानी समयमा नै दिइरहेकाले निर्माण पक्षले पनि सरकारको आवश्यकतालाई बुझेर निर्माण कार्य समयमा नै सम्पन्न गर्नुपर्ने उनको भनाई थियो । उनले मन्त्रालय र ठेकेदार कम्पनीले एकले अर्कोलाई दोष लगाउनुभन्दा आफ्नो काम सम्पन्न गर्ने कुरामा बढी जोड हुनुपर्ने बताए । 

उपसभामुख इन्दिरा रानाले समयको दुरुपयोग गर्नु भ्रष्टाचार सरह भएकाले नयाँ संसद् भवन निर्माणको प्रक्रिया समयमा नै सम्पन्न हुनुपर्ने बताइन् । उनले भनिन्, ‘समयको दुरुपयोग पनि भ्रष्टाचार हो, मुखले मिठो बोलेर होइन, एक्सन लिनुपर्छ । सब कन्ट्याक्टर राखेर भए पनि समय लिएको समयमा काम सक्नुपर्छ, यो समयमा काम सक्नुपर्छ । मलाई कुनै बाध्यता छैन, केही छैन, विशाल नेपाल हुनुपर्छ ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप