१५ लाखभन्दा बढीको जुत्ता र गाडी सशस्त्र प्रहरीको नियन्त्रणमा
बिहीबार, १८ जेठ २०८०, १९ : २९
काठमाडौँ । धनुषामा चोरपैठारीको जुत्तासहित एउटा गाडी नियन्त्रणमा लिइएको छ । बिहीबार सशस्त्र प्रहरीले १५ लाख ५४ हजार रुपैयाँ बराबरको जुत्तासहित गाडी नियन्त्रणमा लिएको हो ।
भारतबाट अवैध रूपमा नेपाल ल्याउँदै गरेको जुत्तासहितको गाडी नियन्त्रणमा लिएको जनाइएको छ । नियन्त्रणमा लिइएको जुत्ता तथा गाडी भन्सार कार्यालय जनकपुरमा बुझाइएको छ ।