आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

कोट अड्डु विस्फोटमा पाँच जनाको मृत्यु, तीन घाइते

बिहीबार, १८ जेठ २०८०, २१ : २८
बिहीबार, १८ जेठ २०८०

मुजफ्फरगढ । पाकिस्तानको मुजफ्फरगढबाट करिब ८० किलोमिटर टाढा रहेको पञ्जाबको कोट अड्डुको दाइरा दिन पनाह इलाकामा रहेको एउटा घरभित्र भएको विस्फोटमा कम्तीमा पाँच जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

प्रहरीका अनुसार बम विस्फोट भएको घर फोहोरमैला व्यवस्थापन गर्ने व्यक्तिको भएको बुझिएको छ ।  मृतकमध्ये तीन जना महिला रहेको र मृतक सबै एकै परिवारका रहेको बताइएको छ । मृत्यु हुनेमा हसिना माई (४०), बिलाल (३८), इकबाल (३०), शानो माई (२८) र चार वर्षीया सादिया बिबी रहेको द न्युज इन्टरनेशनलले जनाएको छ ।

घाइतेहरुलाई जिल्ला सदरमुकाम अस्पताल कोटअड्डु लगिएको छ । यद्यपी विस्फोटको कारण र प्रकृति भने खुल्न नसकेको र अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।-(रासस-एएनआई)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप