आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

केएमसीले भित्र्यायो अत्याधुनिक ६४ च्यानलको थ्री तेस्ला एमआरआई

शुक्रबार, १९ जेठ २०८०, १२ : ५४
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । काठमाडौँको सिनामंगलस्थित काठमाडौँ मेडिकल कलेजले अत्याधुनिक एमआरआई प्रयोगमा ल्याएको छ । नेपालमै पहिलो पटक केएमसीले अत्याधुनिक २००÷६४ च्यानलको थ्री तेस्ला एमआरआई बिहीबारबाट प्रयोगमा ल्याएको हो ।

नेपालमा यसअघि ३२ च्यानलसम्मका थ्री तेस्ला एमआरआई प्रयोगमा थिए । केएमसीले त्यो भन्दा दोब्बर क्षमताको एमआरआई प्रयोगमा ल्याएको केएमसीको रेडियोलोजी विभागका इन्चार्ज प्रदीप मिश्रले जानकारी दिए । ‘नेपालमै पहिलो पटक हामीले ६४ च्यानलको थ्री तेस्ला एमआरआई प्रयोगमा ल्याएका छौं,’ इन्चार्ज मिश्रले भने, ‘यसअघि ३२ च्यानलसम्मका एमआरआई नेपालमा थिए, यो नेपालमा हालसम्मकै लेटेस्ट एमआरआई हो ।’

सामान्यतया एमआरआई गर्दा ३० मिनेट हाराहारी समय लाग्छ । तर, यो मेसिनमा करिब ५ मिनेटमै एमआरआई गर्न सकिन्छ । त्यस्तै, यो अत्याधुनिक एमआरआई भएकाले बिरामीको रोग वा समस्या सजिलै र प्रस्टसँग पत्ता लगाउन सकिने रेडियोलोजी विभागका इन्चार्ज मिश्रले बताए । जर्मनीमा बनेको सिमेन्स कम्पनीको यो एमआरआई केएमसीले करिब २५ करोडको लागतमा खरिद गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप