आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एसियाली खेलकुदको सचिवालय सञ्चालनमा

शुक्रबार, १९ जेठ २०८०, १६ : २८
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । चीनको हाङझोउमा आयोजना हुने १९औं एसियाली खेलकुद प्रतियोगिताको तयारीलाई थप प्रभावकारी बनाउन सचिवालयको कार्यालय सञ्चालनमा ल्याइएको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) मा स्थापना गरिएको सचिवालयको युवा तथा खेलकुदमन्त्री डिगबहादुर लिम्बूले शुक्रबार एक कार्यक्रमबीच उद्घाटन गरे ।

कार्यक्रममा मन्त्री लिम्बूले सचिवालय स्थापनापछि तयारीले थप तीव्रता पाउने विश्वास व्यक्त गरे । उनले सम्बन्धित सबै पक्षले एसियाली खेलकुदमा नेपालको सहभागितालाई उपलब्धिमूलक बनाउन जिम्मेवार भएर अगाडि बढ्नु पर्नेमा जोड दिए ।

राखेपका सदस्यसचिव टंकलाल घिसिङले आगामी आर्थिक वर्षको बजेटमा पनि एसियाली खेलकुदको बजेट सम्बोधन हुनु सुखद पक्ष भएको बताए । सदस्यसचिव घिसिङको संयोजकत्वमा १० सदस्यीय १९औं एसियाली खेलकुद सचिवालय गठन भएको छ ।

राखेपका दुई सदस्य, युवा तथा खेलकुद मन्त्रालयका एक उपसचिव, प्रशासन विभागका प्रमुख, खेलकुद विकास विभागका प्रमुख, राष्ट्रिय टिम तयारीका निर्देशक, आर्थिक प्रशासन शाखा प्रमुख र आपूर्ति तथा भण्डार शाखाका प्रमुख सदस्य रहेका छन् । तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्माले सचिवको जिम्मेवारी पाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप