आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

‘अस्पतालको अनुगमन प्रचार गरेर गरिन्न’

शुक्रबार, १९ जेठ २०८०, १८ : २६
शुक्रबार, १९ जेठ २०८०

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतले  काठमाडौँ महानगरपालिकाले स्वास्थ्य संस्था तथा अस्पताल अनुगमन गर्दा प्रचारप्रचार बढी गरेपनि मन्त्रालयले पूर्ण रुपमा भित्री रुपमा योजना बनाएर काम गरिरहेको बताएका छन् ।

शुक्रबार मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री बस्नेतले भने– अनुगमन पूर्व प्रचार र जानकारी दिई अनुगमन गर्दा फितलो हुन्छ । त्यसैले, कुनै प्रचार गरिएको छैन । 

‘मन्त्रालय अनुगमन गर्न आउँदैछ भन्ने थाहा पाएपछि  अस्पतालले १० प्रतिशत विपन्न र लक्षित वर्गलाई सेवा नदिएर सम्पन्न बिरामीलाई विपन्न बनाएर राख्न सक्छन्,’ उनले भने, ‘म स्वास्थ्य संस्था अनुगमन गर्न जाँदा मन्त्रालयका उच्च कर्मचारीलाई समेत जानकारी नदिई गएको छु ।’

यस अघि काठमाडौँ महानगर भित्रका स्वास्थ्य संस्था तथा अस्पतालहरूले  महानगरलाई विपन्न र लक्षित वर्गलाई सेवा नदिने ६८ स्वास्थ्य संस्थाको नाम उपलब्ध गराएको थियो ।

मन्त्री बस्नेतले सरकारी,अर्धसरकारी, निजी अस्पतालहरूले स्वास्थ्य संस्था सञ्चालन मापदण्ड २०७७ मा आधारित भएर काम गरेको, नगरेको बारे तीव्र रुपमा अनुगमन गरी दोषी पाइएमा कारबाही गर्ने बताए ।

एक हप्ताको अवधिमा सरकारी अस्पतालहरूमा अनलाइन टिकटको व्यवस्था, लामो समयसम्म लाइन बस्नुपर्ने बाध्यता र चिकित्सक नर्स र स्वास्थ्यकर्मीले ड्यूटी अवधिभर खट्ने कुरामा कडाइ गर्दा नतिजा राम्रो देखिएको मन्त्री बस्नेतको जिकिर छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप