आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जङ्गली च्याउ खाँदा आमा छोराको मृत्यु

शनिबार, २० जेठ २०८०, ११ : ४१
शनिबार, २० जेठ २०८०

धनकुटा । धनकुटामा जङ्गली च्याउ खाएर बिरामी भएका मध्ये थप एकको मृत्यु भएको छ । जङ्गली च्याउ खाएर हिजो आमाको निधन भएको थियो भने आज उपचारको क्रममा छोराका पनि मृत्यु भएको हो ।  

जिल्ला प्रहरी कार्यालयका अनुसार जङ्गली च्याउ खाएर मृत्यु हुनेमा सहिद भूमि गाउँपालिका–३ घर भई हाल धनकुटा नगरपालिका–७ चुली वनमा बस्दै आएका २८ वर्षीय मुना राई र उनका ७ वर्षका छोरा सचिन रहेका छन् ।

गत सोमबार जङ्गलबाट च्याउ ल्याएर खाएका आमा छोरा अत्यधिक बान्ता र झाडापखालाबाट गम्भीर बिरामी परे पछि उपचारका लागि धनकुटा जिल्ला अस्पतालमा ल्याइएको थियो । 

तर, त्यहाँ पनि उपचार सम्भव नभए पछि दुवै जनालाई थप उपचारका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ल्याइएको थियो । तर, उपचारको क्रममा शुक्रबार आमाको निधन भएको थियो भने  ७ बर्सिया छोरा सचिनको आज निधन भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप