आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

रुखबाट खसेर एक पुरुषको मृत्यु

शनिबार, २० जेठ २०८०, १३ : ४०
शनिबार, २० जेठ २०८०

बाजुरा ।  बाजुरामा रुखबाट खसेर आज एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बडिमालिका नगरपालिका–९ ढम्कनेका ४२  वर्षीय देवबहादुर धामी रहेका छन् । 

रुखको स्याउला काट्ने क्रममा धामी रुखबाट खसेका थिए । उनको घट्नास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । धामी गाउँ नजिकै कालाजग्रा सामुदायिक वनमा घाँस काट्न गएका थिए । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप