आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

समीक्षा र गोकुलको 'ए सुवा'

शनिबार, २० जेठ २०८०

काठमाडौँ । गायिका समीक्षा अधिकारी र  गायक गोकुल खरेलको स्वर रहेको ए सुवा बोलको गीतको  भिडियो सार्वजनिक भएको छ ।  इन्जिनियर सागर खरेलका शब्द , दीपक शर्माको संगीत रहेको गीतमा उदय राज पौडेलको एरेन्ज रहेको छ । जसमा मोडलद्वय समारिका दाहाल र जोन बमको अभिनय रहेको छ । सुदूरपश्चिमको मौलिक भाषामा आधारित रहेर प्रेमीले प्रेमीकालाई मायालु भाषामा गरिएको सम्बोधन हो ए सुवा त्यस्तै प्रेमीकाले प्रेमीलाई  ए साई भन्छन् । कञ्चनपुरका गायक गोकुलले ए सुवा मार्फत एक प्रेमिल जोडीको रमाइलो प्रेम कथा देखाउन खोजेको बताए ।

ए सुवा मार्फत एक प्रेमील जोडीको रोमाञ्चक प्रेम कथालाई कलात्मक रूपमा भिडियोमा निर्देशक उत्तम श्रेष्ठ शिशिरले प्रस्तुत गरेका छन् ।  गायक गोकुल हाल व्यवसायको सिलसिलामा जापानमा छन् । युवा व्यवसायी समेत रहेका गायक गोकुलले यसअघि फुलेको फुल, सिकाउँदैछ केही, उडाइलगेछ, आधा परान, फुलेको फुल, कहाँ थियौ, हामी स्वास्थ्यकर्मी, राष्ट्रिय गीत गुन्द्रुक ढिँडो , भमरा, लगायतका १ दर्जन बढी गीत बजारमा आइसकेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया