आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

गायक शिवाकोटीको 'भुक्के चप्पल'मा नबिना

आइतबार, २१ जेठ २०८०, ०८ : २६
आइतबार, २१ जेठ २०८०

काठमाडौँ ।  गायक तथा कलाकार सुजन सिवाकोटीको भुक्के चप्पल बोलको गीतको भिडियो रिलिज भएको छ । सामाजिक अभियन्ता तथा युवा व्यवसायी समेत रहेका गायक  शिवाकोटीकै   शब्द तथा सङ्गीत रहेको गीतमा नीरज खतिवडाको एरेन्ज, विषम आचार्यको मिक्सिङ तथा  मास्टरिङ रहेको छ । जसमा गायक शिवाकोटीसहित लोकप्रिय कलाकारहरु सुरबिर पण्डित (दारीबा), शारदा गिरी (कालीबुढी), नबिना शिलवाल (खुईली)को अभिनय देख्न सकिन्छ । 

एक रोमान्टिक प्रेम जोडीको रोमान्स, ख्याल ख्यालैमा माया बसेको दृश्य र ग्रामीण परिवेशको कथामा तयार पारिएको भिडियोको निर्देशन  लेखराज तामाङले गरेका हुन् । प्रेम, कमेडी, लगायतका विषय बस्तुलाई समेटेको भिडियोको छायाङ्कन बुद्ध थापाले गरेका हुन् भने भिडियोको सम्पादन मीन रावलले गरेका हुन् । रावलक कलरिङ रहेको भिडियो ओएसआर डिजिटलबाट बजारमा आएको हो । 

गायक शिवाकोटीले यसअघि  हाम्रो जङ्गल नामक फिल्म, परिबन्ध, कान्छा २ , लगायतका सर्ट मूभी र म त परेँ नामक म्युजिक भिडियोमा अभिनय गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप