आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राप्रपाद्वारा प्रतिनिधिसभाको आजको बैठक स्थगन प्रस्ताव

आइतबार, २१ जेठ २०८०, ११ : २७
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रतिनिधिसभाको आइतबारको बैठकको कार्यक्रम स्थगित गर्न प्रस्ताव गरेको छ । सो पार्टीले  संसदको नियमावली २०७९ को नियम ७४ बमोजिम आइतबारको संसद वैठकको कार्यक्रम स्थगत गर्न प्रस्ताव गरेको हो । अत्यन्त जरुरी सार्वजनिक महत्वको विषयमाथि छलफल गर्न भन्दै राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले सो प्रस्ताव पेश गरेका हुन् । 

राष्ट्रपतिले नीति नियमविपरित नागरिकता विधेयक प्रमाणीकरण र प्रधानमन्त्रीले भारत भ्रमणमा मुलुकको हितविपरीत कार्य गरेको कुरा उठेकाले यस विषयमा छलफल नगरी संसद नियमित रुपमा अगाडि नबढ्ने भएकाले निर्धारित सबै कार्यक्रम स्थगित गर्नुपर्ने शाहीको माग छ ।

rpp

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप