आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
राष्ट्रियसभा बैठक

भोलि दिउँसो १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभा बैठक स्थगित

आइतबार, २१ जेठ २०८०, १३ : ५१
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नियमित कार्यसूचीमा प्रवेश नगरी राष्ट्रियसभाको बैठक स्थगित भएको छ । आइतबार बसेको बैठकमा प्रमुख प्रतिपक्षी दल एमालेले निष्क्रिय नागरिकता विधेयक प्रमाणिकरण गरेर असंवैधानिक काम भएको र प्रधानमन्त्री प्रचण्डको भारत भ्रमण विवादास्पद रहेको भन्दै बैठक अवरुद्ध गरेको हो । त्यसबारेमा सरकारले जवाफ दिनुपर्ने माग

गर्दै बैठक अवरोध गरेपछि राष्ट्रियसभा अध्यक्षले २९ मिनेटका लागि बैठक स्थगित गरेका थिए ।  आजै बसेको दोश्रो बैठकमा पूर्व प्रतिनिधिसभा सदस्य एवं पूर्व राज्यमन्त्री मिना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेर बैठक स्थगित गरिएको हो । अर्को बैठक भोलि दिउँसो १ बजेर १ बजेका लागि बोलाइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप