आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
विश्वकप क्यालिफायर

सन्दीप लामिछाने सोमबार दक्षिण अफ्रिका जाँदै

आइतबार, २१ जेठ २०८०, १४ : ४४
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछानेले जिम्बाबेमा आयोजना हुने आईसीसी विश्वकपको क्यवालिफायर खेल्ने भएका छन् । विश्वकप क्यालिफायरका लागि अभ्यास खेल खेल्न नेपाली राष्ट्रिय क्रिकेट टोली यसअघि नै दक्षिण अफ्रिका प्रस्थान गरिसकेको छ ।

नाबालिग बालात्कारको अभियोगमा उनीमाथि दायर गरिएको मुद्दा हाल न्यायालयमा विचाराधिन अवस्थामा छ । त्यसैले सन्दीप टोलीका अन्य खेलाडीसँग दक्षिण अफ्रिका जान पाएका थिएनन् ।

‘अदालतले सन्दीपको मुद्दाको पेसी आगामी असार २९ गतेका लागि सारेको छ । हामी सबैको सामूहिक प्रयासबाट सन्दीपले विश्वकप क्वालिफायर खेल्ने भएका छन् । उनी सोमबार दक्षिण अफ्रिका प्रस्थान गर्दैछन्,’ नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले रातोपाटीसँग भने ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप