आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

राष्ट्रियसभामा शोक प्रस्ताव पारित

आइतबार, २१ जेठ २०८०, १५ : १९
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । राष्ट्रियसभाको आइतबारको बैठकले संविधानसभा सदस्य तथा पूर्वराज्यमन्त्री मीना पाण्डेको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रस्तुत गरेको उक्त शोक प्रस्ताव सर्वसम्मतिले पारित भएको हो । उनको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक–सन्तप्त परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ । 

स्वर्गीय पाण्डे नेपाली कांग्रेस पार्टीबाट २०४८ र २०५१ सालमा प्रतिनिधिसभा सदस्यमा निर्वाचित, विसं २०६४ सालको संविधानसभा निर्वाचन र विसं २०७४ सालको प्रतिनिधिसभाका निर्वाचनमा समानुपातिक सदस्यमा निर्वाचित चएकी थिइन् । 

पूर्वमहिला, बालबालिका तथा समाजकल्याण राज्यमन्त्री समेत रहेकी उनी  सालिन र सरल नेत्री थिइन् । उनको ७२ वर्षको उमेरमा यही जेठ १६ गते असमायिक निधन भएको थियो । 

राष्ट्रियसभाको अर्को बैठक सोमबार १ बजे बस्नेछ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप