आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
नीति तथा कार्यक्रम

तीनतारे होटेल निर्माण गरे पूर्वाधारको विकास गरिदिने कर्णाली सरकारको घोषणा

आइतबार, २१ जेठ २०८०, १५ : ३९
आइतबार, २१ जेठ २०८०

सुर्खेत । कर्णाली प्रदेश सरकारले प्रदेश राजधानी वीरेन्द्रनगरमा तीन तारे होटेल निर्माण गरेका त्यहाँसम्म पुर्याउने पूर्वाधारको विकास गरिदिने भएको छ । प्रदेश प्रमुख तिलक परियारले आज नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो बताएका हुन् ।  उनले एक जिल्ला एक उद्योग ग्राम स्थापना गरिने प्रावधान लागू गरिने समेत बताए । त्यस्तै वन पैदावारमा आधारित उद्योगलाई मेसिनरी वस्तुमा सहयोग गरिने समेत प्रदेश प्रमुख परियारले बताए ।

उनले प्रदेशभित्र उत्पादनमुलक उद्योग स्थापना गरेमा त्यहाँसम्म पुग्ने, बाटो लगायतका पूर्वाधारको विकास प्रदेश सरकारले गरिदिने समेत बताए । रारा, से फोक्सुण्डो, पञ्चकोशी, पचालझरना लगायतका महत्वपूर्ण पर्यटकीय स्थलमा होमेस्टेको योजना लागू गरिने परियारले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप