आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अब विद्युत् निर्यातको समस्या समाधान हुन्छ: अर्थमन्त्री महत

आइतबार, २१ जेठ २०८०, १७ : ०६
आइतबार, २१ जेठ २०८०

काठमाडौँ । अर्थमन्त्री डा. प्रकाश शरण महतले विद्युत् निर्यातको समस्या समाधान हुने बताएका छन् । 

आइतबार नयाँ बानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुराकानी गर्दै अर्थमन्त्री महतले भारत भ्रमण भएसँगै अब विद्युत् निर्यातको समस्या समाधान हुने बताएका हुन् । 

उनले विद्युत् निर्यातको समस्या नहुनुलाई नेपालले ठुलो उपलब्धिको रूपमा लिनुपर्ने बताए  । उनले विद्युतको उत्पादन बढाएसँगै आन्तरिक खपत पनि बढाउनुपर्नेमा जोड दिए । उनले विद्युत् निर्यातलाई बढाउन सकेमा व्यापार घाटा घट्ने बताए । 

उनले भने, ‘भ्रमण अत्यन्त सौर्हादपूर्ण भयो । अब दीर्घकालमा विद्युत् निर्यातको जुन समस्या थियो त्यो समस्यालाई समाधान गर्ने काम अगाडी बढेको छ । हामीले विद्युत् उत्पादन गर्न सक्नुपर्‍यो । अब बजारको समस्या हुन्न भन्ने कुरा यो ठुलो उपलब्धिको कुरा हो जस्तो लाग्छ । यद्यपी यो विषयमा पहिलादेखि नै काम भइराखेको थियो । अहिले आएर यसले मूर्त रूप लिएको छ । एकातिर हाम्रो विद्युत् उत्पादन बढ्दै गएमा आन्तरिक खपत पनि हामीले बढाउँदै लाने हो । यहाँको यातायातलाई विद्युतीय माध्यमबाट चलाउनेदेखि लिएर खाना पकाउने कुराहरूलाई विद्युतीय माध्यमबाट चलाउने ग¥यो भने हाम्रो पेट्रोलियम आयात घट्छ । त्यसै गरी विद्युत् निर्यात हामीले ज्यादाभन्दा ज्यादा गर्न सक्यौँ भने त्यसबाट पनि व्यापार घाटा घट्ने भयो । एकातिर आयात प्रतिस्थापन गरेर अर्को निर्यात बढाएर । यो चाहिँ ठुलो उपलब्धि हुन्छ । त्यस अर्थमा यो भ्रमण उपलब्धिमूलक रह्यो । दुई वटा ठुला महत्त्वपूर्ण आयोजनामा लगानी आउँदै छ त्यो पनि राम्रो कुरा हो ।’

मन्त्री महतले भारत भ्रमण अत्यन्त सौर्हादपूर्ण र उपलब्धिमूलक रहेको भएको बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप