आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

सुनचाँदीको मूल्य स्थिर

सोमबार, २२ जेठ २०८०, १० : ५२
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनचाँदीको मूल्य स्थिर कायम भएको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै हिजो आइतबारकै मूल्यमा सुनचाँदीको कारोबार भएको जनाएको हो ।

यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख ११ हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ कायम छ । हिजो आइतबार पनि यही मूल्यमा सुनको कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य समेत स्थिर कायम छ । महासंघका अनुसार हिजो आइतबारकै मूल्यमा चाँदीको कारोबार भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय १५ रुपैयाँ कायम थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप