४६ जना प्रहरी निरीक्षकको डिएसपी बढुवामा सिफारिस
सोमबार, २२ जेठ २०८०, ११ : २८
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षकलाई प्रहरी नायब उपरीक्षक (डिएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ । सोमबार बसेको बढुवा समितिको बैठकले प्रहरी नियमावली, २०७१ (संशोधनसहित) को नियम २७ को उप–नियम (४) अनुसार रिक्त दरवन्दीमा बढुवा सिफारिस गरेको हो ।
बढुवा हुनेमा प्रहरी निरीक्षकहरु रञ्जन अवा, कमल वेल्वासे, यमकुमार श्रेष्ठ, एलिजा गिरी, कमलराज पण्डित लगायत ४६ जना छन् ।