आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय
संसद बैठक

एमालेको प्रश्न : प्रधानमन्त्रीको भारत भ्रमण ‘स्टेट भिजिट कि अफिसियल’ ?

सोमबार, २२ जेठ २०८०, १६ : ००
सोमबार, २२ जेठ २०८०

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हालै गरेको चार दिने भारत भ्रमण स्टेट भिजिट कि अफिसियल भिजिट के हो ? भनेर प्रश्न गरेको छ । सोमबारको प्रतिनिधसभा बैठकमा एमाले सचिज समेत रहेका सांसद योगेश भट्टराईले भने, ‘प्रधानमन्त्रीको ट्वीटर एकाउन्टमा उल्लेख गर्नुभएको छ  कि स्टेट भिजिट । भारतीय दूतावास र नेपालको परराष्ट्र मन्त्रलायले दिएको स्टेटमेन्टमा अफिसियल भिजिट भनिएको छ ।’

भट्टराईले प्रश्न गर्दै सोधे, ‘स्टेट भिजिट कि अफिसियल भिजिट के हो ? ’ उनले प्रधानमन्त्रीको ट्वीटर एकाउन्ट कसले चलाउँछ ? भन्दै उनले प्रधानमन्त्रीको सचिवालयललाई यो थाहा छ कि छैन भन्दै किन फरक–फरक विषय आएको प्रधानमन्त्रीको ट्वीटर गलत हो कि अरु वक्तव्य ? भन्दै जवाफ माग गरे ।

नेता भट्टराईले यसअघिका प्रधानमन्त्रीहरु मनमोहन अधिकारी, गिरीजाप्रसाद कोइराला र केपी ओलीहरुले सीमा समस्याबारे लिएको अडानजस्तै प्रधानमन्त्री प्रचण्डले पनि लिने अपेक्षा गरिए पनि त्यसो हुन नसकेको टिप्पणी गरे । उनले सीमा समस्या नै मुख्य भएपनि त्यही विषय उठाउँदा माहोल बिग्रन्छ भनेर भनिएको भन्दै त्यसबारे आपत्ति जनाए ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप