आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विश्व वातावरण दिवस : सशस्त्र प्रहरीद्वारा ११ हजारभन्दा बढी बोटबिरुवा वृक्षारोपण

सोमबार, २२ जेठ २०८०, १६ : १६
सोमबार, २२ जेठ २०८०

काठमाडौँ । विश्व वातावरण दिवसको अवसरमा सशस्त्र प्रहरी बलले प्रधान कार्यालय हल्चोक स्वयम्भू परिसरमा २ सय ४२ सहित देशभरका युनिटहरूमा ११ हजारभन्दा बढी बोटबिरुवा रोपेको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालको सहभागितामा जेठ २२ गते मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा फलफूल लगायतका विभिन्न जातका बोटबिरुवाहरू रोपिएको हो ।

मुख्यालयमा भएको वृक्षारोपण कार्यक्रममा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, चन्द्रप्रकाश गौतम, बंशीराज दाहाल लगायत सशस्त्र प्रहरी बल नेपालका कर्मचारीहरूको सहभागिता रहेको थियो । यसैगरी विश्व वातावरण दिवसकै अवसरमा देश भरका सशस्त्र प्रहरी बल, नेपालका इकाईहरूमा समेत  फलफूल लगायत विभिन्न जातका बोटबिरुवाहरू रोपिएको सशस्त्र प्रहरीले जनाएको छ । 

सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराह बाहिनी मुख्यालय सुनसरी र मातहतका युनिटहरूले १ हजार ८ सय ७७ वटा, नम्बर २ छिन्नजस्ता बाहिनी मुख्यालय महोत्तरी र मातहतका युनिटहरूले १ हजार ५ सय ६० वटा, नम्बर ३ गढीमाई बाहिनी मुख्यालय मकवानपुर र मातहतका युनिटहरूले ६ सय ५९ वटा, नम्बर ४ मुक्तिनाथ बाहिनी मुख्यालय कास्की र मातहतका युनिटहरूले ५ सय वटा, नम्बर ५ विन्ध्यवासिनी बाहिनी मुख्यालय रुपन्देही र मातहतका युनिटहरूले २ हजार ९८ वटा, नम्बर ६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेत र मातहतका युनिटहरूले २ सय ५३ वटा, नम्बर ७ वैद्यनाथ बाहिनी मुख्यालय कैलाली र मातहतका युनिटहरूले १ हजार ७ सय ९२ वटा तथा नम्बर ९ पशुपतिनाथ बाहिनी मुख्यालय काठमाडौँ र मातहतका युनिटहरूले ७ सय १८ वटा बोटबिरुवा रोपिएको छ । 

त्यसै गरी राष्ट्रिय सशस्त्र प्रहरी बल प्रशिक्षण प्रतिष्ठान मातातिर्थ र मातहतका युनिटहरूले १ हजार ३ सय २६ वटा, नेपाल एपीएफ अस्पतालले १६ वटा, न. १९ बगलामुखी विशेष कार्यदल गण हलचोक काठमाडौँले १ सय ६८ बोटबिरुवा रोपेको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप