आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

आँप खाएर पनि तौल घटाउन सकिन्छ, खाने सही तरिका जान्नुहोस्

सोमबार, २२ जेठ २०८०, १६ : १५
सोमबार, २२ जेठ २०८०

यति बेला बजारमा विभिन्न किसिमका आँप बिक्री भइरहेका छन् । आँपलाई फलको राजा मानिन्छ किनभने गुलियो हुने भएकाले यो स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँप खाँदा तौल बढ्छ भनेर धेरैलाई लाग्छ । तर यो पूर्ण रूपमा सही होइन । यदि आँप सही समयमा सही तरिकाले खाने हो भने यो खाएर तौल बढ्ने होइन, घट्ने गर्छ । आँपमा विभिन्न खालका भिटामिन र मिनरल्स हुन्छन् । यसले ब्लड सुगर नियन्त्रण गर्न पनि सहयोग गर्छ । एक कप काटिएको आँपमा ९९ क्यालोरी, १.४ ग्राम प्रोटिन, २५ ग्राम कार्ब, २२.५ ग्राम सुगर, २.६ ग्राम फाइबर, ६७ प्रतिशत भिटामिन सी, १८ प्रतिशत फोलेट, १० प्रतिशत भिटामिन ए र १० प्रतिशत भिटामिन ई हुन्छ । यसबाहेक यसमा केही मात्रामा क्याल्सियम, जिङ्क, आइरन र म्याग्नेसियम हुन्छ ।

आँपको ग्लाइसेमिक इन्डेक्स

कुनै पनि खानेकुराले ब्लड सुगरमाथि पुर्‍याउने असरलाई ग्लाइसेमिक इन्डेक्स (जीआई) र्‌याङ्कमार्फत् मापन गरिन्छ । यसलाई ०१–१०० को स्केलमा मापन गरिन्छ । ५५ भन्दा कम र्‌याङ्कका कुनै पनि खानेकुरालाई यो स्केलमा कम सुगर मानिन्छ । यी खानेकुरालाई मधुमेहका बिरामीका लागि उपयुक्त मानिन्छ । आँपको जीआई र्‌याङ्क ५१ हो अर्थात् मधुमेहका बिरामीले यसलाई खान सक्छन् ।

तौल कम गर्नका लागि कसरी खाने आँप ?

कमै खानुहोस्

आँप माइक्रोन्युट्रिएन्ट्स र फाइबरले भरपुर हुन्छ । यदि तपाईं तौल कम गर्ने कोसिस गरिरहनुभएको छ भने पनि तपाईं यो खान सक्नुहुन्छ तर यसलाई कम खाने कोसिस गर्नुहोस् । आँप धेरै खाँदा स्वास्थ्यमा यसको नकारात्मक असर पर्छ ।

खाना खाएपछि नखानुहोस्

खाना आएपछि कहिल्यै आँप खानुहुँदैन । यसो गर्दा तपाईंको शरीरमा बढी क्यालोरी जान सक्छ । आँप सधैँ दिउँसो खानुहोस् । यसलाई खाजाको रूपमा पनि खान सक्नुहुन्छ ।

खाजाको रूपमा खानुहोस् आँप

तपाईंले खाजा खाने समयमा एक कचौरा आँप खानुहुन्छ भने यो तपाईंको स्वास्थ्यका लागि निकै फाइदाजनक हुन्छ । आँपमा भरपुर मात्रामा डाइट्री फाइबर हुन्छ । यसबाहेक आँपले एनर्जी बुस्टरको रूपमा पनि काम गर्छ । केही व्यायाम गर्नु अघि आँप खानुभयो भने असाध्यै प्रभावकारी हुन्छ ।

आँप सिङ्गै खानुहोस्

आँपको जुस वा म्याङ्गो सेक बनाएर खानुको सट्टा तपाईं साधारण तरिकाले सिङ्गै खानुहोस् । जुस बनाएर खाँदा आँपको सबै फाइबर नष्ट हुन्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप