फोटोफिचर
नागरिकता विधेयक प्रमाणीकरणविरुद्ध एमाले जनवर्गीय संगठनको प्रदर्शन (फोटोफिचर)
सोमबार, २२ जेठ २०८०, १७ : ०६
काठमाडौँ । नेकपा एमाले निकट २३ वटा जनवर्गीय संगठनले नागरिकता विधेयक प्रमाणीकरणको विरोध गर्दै प्रदर्शन गरेका छन् । सोमबार उनीहरुले माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म विरोध प्रदर्शन गरेका हुन् । ती संगठनले नागरिकता विधेयक प्रमाणीकरण असंवैधानिक रहेको भन्दै तत्काल खारेज गर्न माग गरे ।
प्रदर्शनकारीहरुले असंवैधानिक नागरिकता विधेयक खारेज गर, संविधानको अवज्ञा गरी नागरिकता बेच्नेहरु हासियार, लिम्पियाधुरा, लिपुलेक, कालापानी बेच्न पाइँदैन लगायतका नारा लगाएका थिए । वानेश्वरमा आयोजित कोणसभालाई युवासंघका अध्यक्ष छितिज थेबेले सम्बोधन गरेका थिए ।