आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रधानमन्त्री प्रचण्ड सुर्खेतमा

मङ्गलबार, २३ जेठ २०८०, १० : ३७
मङ्गलबार, २३ जेठ २०८०

सुर्खेत। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सुर्खेत आइपुगेका छन्। प्रसिद्ध धार्मिक पर्यटकीय स्थल खप्तड जानका लागि सुर्खेतको आइपुगेका हुन् ।

यहाँ रक्षामन्त्री पूर्णबहादुर खड्कासँग छोटो भेटघाट गरी उनी खप्तड लाग्ने कार्यक्रम रहेको छ।  केही दिन अघि खड्काकी भाइ बुहारी सन्जु खड्काको मृत्यु भएको थियो । प्रधानमन्त्री प्रचण्डले खड्काको श्रद्धाञ्जली सभामा सहभागी जनाएका छन्।

 जेठ १६ गते बाँकेमा कार दुर्घटना हुँदा खड्का र चालक सुवास अधिकारीको मृत्यु भएको थियो। श्रद्धाञ्जली सभामा  प्रचण्डकाे साथमा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, पूर्व प्रधानमन्त्री झलनाथ खनाल लगायत पनि सहभागी भएका थिए।

त्यसपछि उनी खप्तड लाग्ने बताइएको छ । खप्तड सम्मेलनमा विश्व प्रसिद्ध योग गुरु रामदेव, पतञ्जली योगपीठका महामन्त्री आचार्य बालकृष्ण, चतरामा बस्दै आएका महायोगी जगद्गुरु शिद्धबाबा कृष्णदास महाराजलगायतको उपस्थिति रहने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप