आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला

मङ्गलबार, २३ जेठ २०८०, ११ : १७
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौं । देशका विभिन्न स्थानमा तीन जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कैलालीको गौरीगंगा नगरपालिका-१ गोप्का बस्ने २८ वर्षीया कविता बुढा सोही ठाउँस्थित केदारेश्वर सामुदायिक वनमा सोमबार मृत अवस्थामा फेला परेकी छिन् ।
बिहीबार राति कविता बुढा, उनकै छोरा ८ वर्षीय डण्डी राज बुढा र ससुरा ५२ वर्षीय डिल्ली भन्ने दिलिप सिह बुढा हराएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरीले स्थानीय बासिन्दाको सहयोगमा खोजी गर्ने क्रममा केदारेश्वर सामुदायिक वनभित्र खाल्डोमा पुरिएको अवस्थामा कबिता बुढाको शव फेला पारेको हो । दिलिप सिह बुढा र बालक डन्डी राज बुढाको भने प्रहरीले खोजी गरिरहेको छ ।

यसैगरी पर्साको ठोरी गाउँपालिका-२ ठोरीस्थित टाउन प्लान होटल संचालन गरी बस्ने भारत बेतिया नरकटियागंज घर भएका २६ वर्षीया आस्मा क्षेत्री आफ्नै होटलमा सोमबार मृत अवस्थामा फेला परेकी छन् । म्याग्दीको रघुगंगा गाउँपालिका-६ नाङगे जंगलस्थित खोल्सामा पनि सोही गाउँपालिका-६ कालावाङ बस्ने २४ वर्षीया हरिमाया शेर्पुन्जा सोमबार मृत अवस्थामा फेला परेकी छन् । 

घास काट्ने क्रममा अचानक माथिबाट बाढी आई हरिमायालाई बगाएको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी पाखापानीबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उनको शव फेला पारेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप