आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

नेपालबाट १२ वटा देशमा १४ करोडको चिउरा निर्यात

मङ्गलबार, २३ जेठ २०८०, १२ : ४०
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । नेपालबाट १० महिनाको अवधिमा १४ करोड रुपैयाँको चिउरा निर्यात भएको छ । भन्सार विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्ष २०७९/८० साउनदेखि वैशाखसम्मको अवधिमा १४ करोडको चिउरा निर्यात भएको हो ।

विभागका अनुसार ४ लाख ९ हजार २९२ किलोग्राम चिउरा निर्यात भएको छ । यस अवधिमा नेपालबाट विश्वका १२ वटा देशमा चिउरा जाने गरेको पाइएको छ । सबैभन्दा धेरै अमेरिकामा ७ करोड रुपैयाँको चिउरा निर्यात हुँदा अस्ट्रेलियामा ३ करोड ४५ लाख ३० हजार रुपैयाँको चिउरा निर्यात भएको छ ।

यस्तै, बेल्जियममा ३६ लाखको चिउरा निर्यात हुँदा इटालीमा १ करोड ३ लाख रुपैयाँको निर्यात भएको छ । यसका साथै, जापानमा ७१ लाखको र कोरियामा १२ लाखको चिउरा निर्यात भएको विभागले जनाएको छ । यस्तै, बेलायतमा ३१ लाख रुपैयाँको चिउरा निर्यात भएको छ । यसबाहेक, क्यानडा, हङकङ, भारत र मलेसिया लगायतका मुलुकमा समेत चिउरा निर्यात हुने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप