आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

माइतीघर आउँछु भनेर खप्तड पुगे गृहमन्त्री श्रेष्ठ

मङ्गलबार, २३ जेठ २०८०, १२ : ४३
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । पर्साका सिर्सिया नदीलाई प्रदूषणमुक्त बनाउने मागसहित माइतीघरमा धर्ना बसेको ११ दिन भइसकेको छ तर सरकारले अझै त्यसलाई सम्बन्धन नगरेको गुनासो भइरहेको छ ।

माइतीघरमा आन्दोलन बसेका आन्दोलनकारीहरू हिजो उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेटेर ध्यानाकर्षण गराएका  थिए  । आज ११ बजे आन्दोलन स्थलमै आएर मागलाई सम्बोधन गर्ने आश्वासन मन्त्री श्रेष्ठले दिएका थिए ।

तर आन्दोलन स्थल माइतीघरमा नआएर मन्त्री श्रेष्ठ आध्यात्मिक सम्मेलनमा भाग लिन खप्तड पुगेका छन् । मन्त्री श्रेष्ठ यता (माइतीघर) आउनु हुन्छ हाम्रो मागलाई सम्बोधन गर्नुहुन्छ भनि बाटो पर्खेर बसेका थियौँ तर उहाँ सम्मेलन उद्घाटनमा सहभागी हुन उता लाग्नु भएको छ, आन्दोलनको अगुवाइ गरिरहेका सामाजिक अभियन्ता सरोज रायले भने, ‘हिजो गृहमन्त्रीज्यूसँग भेट्दा निकै सकारात्मक कुरा गर्नुभयो र  ११ बजे माइतीघर आउँछु भन्नुभएको उहाँ खप्तडतिर पो लाग्नुभएको छ ।’

११ दिनदेखि धर्ना बसे पनि सरकार आफूहरूको मागप्रति गम्भीर नभएको आरोप लगाउँदै उनले माइतीघरमा धर्ना बसेकै दिन उद्योग मन्त्री रमेश रिजाल आएर आन्दोलनप्रति ऐक्यबद्धता जनाए पनि अहिले बेवास्ता गरेको आरोप लगाए । आफूहरूको माग पुरा नभएसम्म माइतीघरबाट नफर्किने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप