आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

बजेटसम्बन्धी धारणा बनाउन अन्तरक्रिया गर्दै जसपा

मङ्गलबार, २३ जेठ २०८०, १५ : ००
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले मंगलबार बजेटबारे अन्तरक्रिया कार्यक्रम गर्न लागेको छ । पार्टी सम्बद्ध बौद्धिक पेसाकर्मी महासंघद्वारा आयोजित कार्यक्रममा बजेटसम्बन्धी छलफल हुने पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए । 
टेकुस्थित मसला कटेज रेष्टुरेण्ट एण्ड ब्याङ्क्वेटमा दिउँसो ४ बजेदेखि सुरु हुने छलफलमा पार्टीका शीर्ष नेताहरु, आर्थिक विज्ञ तथा आर्थिक विषयका जानकारहरुको सहभागिता रहनेछ ।

छलफलबाट पार्टीले बजेटका सम्बन्धमा आफ्नो धारणा बनाउने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप