आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

उपलब्धिजनक सम्झौता नहुने भएकै कारण भारत भ्रमण गइनँ : मन्त्री किराती

मङ्गलबार, २३ जेठ २०८०, १५ : ०१
मङ्गलबार, २३ जेठ २०८०

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री सुदन किरातीले दुई देशबीचमा उपलब्धिजनक सम्झौता नहुने भएकै कारण आफू भारत भ्रमणमा नगएको बताएका छन् । 

मंगलबार काठमाडौँमा खिजिदेम्बा हुँदै नयाँ पर्यटन पथमार्ग शुमारम्भ र खिजिदेम्बामा गल्फ खेलको सम्भावना उजागर गर्न हेतु आयोजना भएको कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफूले हेलिकप्टर पनि नचढ्ने र दुई देशबीचको सम्झौता उपलब्धिमूलक नहुने भए विदेश भ्रमण नजाने प्रण गरेको बताए । ओखलढुंथगाको खिजिदेम्बामा गल्फले पर्यटन क्षेत्रमा नयाँ आयाम थपेको उनले बताए ।  

कार्यक्रममा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले मन्त्रीको जुहारीले कुनैपनि जिल्लाको विकास कम हुनु नहुने बताए । उनले ओखलढुंगाको विकासका लागि आफूले अर्थमन्त्री र पर्यटनमन्त्रीसँग बारम्बार अनुरोध गरेपनि एकले अर्कोलाई दोष दिएर पन्छिएको आरोप लगाए ।   

कार्यक्रममा खिजिदेम्बो थोलेदेम्बा क्षेत्र समेटिने निम्न पर्यटकीय पथ मार्ग शुभारम्भ भएको हो । पोकली झरना १३० मिटर हूँदै चिलिमडाँडा, लाम्जेबौद्ध, चुलीथान गौरीवन, दोबाटेभञ्ज्याङ्ग, थोलेदेम्बा ३३५० मिटरसम्म (३ दिन) को पथमार्ग र उक्त स्थान हुँदै पिके, दुधकुण्ड मिहालबाट सगरमाथाको आधारशिविरसम्मको नयाँ पथमार्गको शुभारम्भ भएको हो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप