गर्मी बढेपछि सुर्खेतका निजी विद्यालयमा एक साता बिदा
मङ्गलबार, २३ जेठ २०८०, १७ : ४४
सुर्खेत । निजी तथा आवासीय विद्यालय अगनाइजेसन नेपाल (प्याब्सन) सुर्खेतले निजी विद्यालयमा गर्मी बिदा दिने भएको छ ।
सोमबार बसेको प्याब्सनको बैठकले अत्यधिक गर्मी बढपछि एक साता विद्यालय बन्द गर्ने निर्णय गरेको हो ।
प्याब्सनले बुधबारदेखि ३० जेठसम्म सुर्खेतका सम्पूर्ण निजी विद्यालयहरुमा गर्मी बिदा दिने निर्णय गरेको छ । तर सामुदायिक विद्यालयहरु भने पूर्ण रुपमा सञ्चालन भइरहेका छन् ।