आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

तोकिएको लेबी नबुझाए जसपाका केन्द्रीय नेताहरु विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने

बुधबार, २४ जेठ २०८०, २१ : ०६
बुधबार, २४ जेठ २०८०

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले तोकिएको लेबी नबुझाए केन्द्रीय नेताहरु नै विधान अधिवेशनमा प्रतिनिधि बन्न नपाउने बताएको छ । बुधबार पार्टी कार्यालयले पत्र काटेर नेताहरुलाई लेबी बुझाउन ताकेता गरेको हो । 

‘जनता समाजवादी पार्टी, नेपालको केन्द्रीय कार्यकारिणी समिति सदस्य, राजनीतिक समिति सदस्य र केन्द्रीय सदस्य ज्यूहरुले पार्टीले तोकेको लेबी २०७९ साउनदेखि २०८० असारसम्मको बाँकी रहेको लेबी रकम मिति २०८० असार ५ गतेसम्म बुझाउन अनुरोध गरिन्छ,’ पत्रमा भनिएको छ । 

जसपाले केन्द्रीय कार्यकारिणी समिति सदस्यका लागि रु १०००, राजनीतिक समिति सदस्यका लागि रु ७०० र केन्द्रीय सदस्यहरुका लागि रु ५०० मासिक लेबी तोकेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप