आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

दाङका गढवा र राजपुरमा सडक, खानेपानीको व्यवस्था गर्न नारायणी शर्माको ध्यानाकर्षण

बिहीबार, २५ जेठ २०८०, १२ : २९
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । भारतको सिमानामा पर्ने दाङको गढवा गाउँपालिका र राजपुर गाउँपालिकाका जनताको शिक्षा स्वास्थ्य बाटो लगायतका विषयमा कुनै सुविधा पाउन नसकेको बताइन् । 

बिहीबार प्रतिनिधि सभाको शून्य समयमा बोल्दै सांसद शर्माले स्वच्छ खानेपानीको अभावमा त्यहाँका जनताहरू हरेक वर्ष झाडापखालाको सिकार हुने गरेको सदनमा जानकारी गराइन । बर्सातको बेला खोलाको धमिलो पानी पिउन बाध्य हुनुपर्ने अवस्था रहेको उनले बताइन् । 

सांसद शर्माले भनिन्–‘बर्सातको बेला खोलामा आएको धमिलो पानी गाग्रीमा हालेर थिग्राएर खानुपर्ने अवस्था रहेको छ । सरकारले यो समस्या समाधानका लागि ध्यान पुर्यायोस । सो क्षेत्रमा खानेपानी, बाटो, स्वास्थ्य र शिक्षालाई प्राथमिकता दिएर सरकारले काम गरोस् भनेर सभामुख मार्फत ध्यानाकर्षण गराउँछु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप