आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडा अस्पतालमा स्वस्थ्य मन्त्री बस्नेतको छड्के अनुगमन

बिहीबार, २५ जेठ २०८०, १८ : ०६
बिहीबार, २५ जेठ २०८०

मकवानपुर । स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले हेटौंडा अस्पतालको छड्के अनुगमन गरेका छन् । बिहीबार हेटौंडा आएका मन्त्री बस्नेतले आकस्मिक रूपमा अस्पतालको अनुगमन गरेका हुन् ।

मन्त्री बस्नेतसहित प्रदेश सरकारका स्वास्थ्य मन्त्री उत्तम जोशी, स्वास्थ्य मन्त्रालयका सचिव बद्री खड्का लगायतले अस्पतालको अनुगमन गरेका थिए । 

मन्त्री बस्नेतले अस्पतालको आकस्मिक कक्ष, टिकट काउण्टर, बहिरंग (ओपीडी)सेवा कक्ष, फार्मेसी, प्रयोगशाला, प्रसूति कक्ष लगायतको स्थलगत अनुगमन गरेका थिए ।

मन्त्री बस्नेतले अनुगमनका क्रममा सेवाग्राहीहरूको गुनासो समेत सुनेका थिए । उनले अस्पतालको आकस्मिक कक्षमा रहेका बिरामीहरूको गुनासो सुन्दै उपचार तथा सेवा प्रवाहमा कुनैपनि कमीकमजोरी नहुने प्रतिबद्धता व्यक्त गरे  ।

त्यस्तै मन्त्री बस्नेतले अस्पतालको ओपिडी, टिकट काउण्टर, फार्मेसी तथा प्रयोगशालामा रहेको भिड नियन्त्रणका लागि आवश्यक व्यवस्थापकीय कामहरू सम्पन्न गर्न हेटौंडा अस्पतालका मेडिकल सुपेरिटेण्डेनट डा. रामचन्द्र सापकोटालाई निर्देशन समेत दिएका थिए ।

अस्पतालको ओपिडी, आकस्मिक कक्ष तथा प्रसूति कक्षको सरसफाइमा विशेष ध्यान दिन सापकोटालाई निर्देशन दिए  । उनले स्वास्थ्य बीमामा देखा परेका समस्या र औषधी नपाउने गुनासोलाई तत्काल समाधान गरेर अघि बढ्न पनि निर्देशन दिए ।

mohan (1)mohan (2)mohan (3)mohan (4)mohan (5)mohan (6)mohan (7)mohan (8)mohan (9)mohan (10)mohan (11)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप