आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति राप्रपा नेपालको आपत्ति

बिहीबार, २५ जेठ २०८०, १९ : ५४
बिहीबार, २५ जेठ २०८०

काठमाडौँ । राप्रपा नेपालले जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ । 

बिहीबार विज्ञप्ति जारी गर्दै राप्रपा नेपालले सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उल्लेख गरेकोमा आपत्ति जनाएको हो । 

राप्रपा नेपालका महामन्त्री सुशील कुमार श्रेष्ठले जारी गरेको विज्ञप्तिमा भनिएको छ, 'निर्वाचन आयोगको स्वतन्त्रता, स्वायत्तता र सक्षमतामा गम्भीर प्रश्न खडा हुने तथा निर्वाचनको स्वच्छता, विश्वसनीयता, बहुदलीय लोकतान्त्रिक शासन प्रणालीमा समेत नकारात्मक असर पर्न सक्ने हुँदा जिल्ला निर्वाचन कार्यालय खारेज गर्ने उक्त निर्णय फिर्ता लिन नेपाल सरकारसँग राप्रपा नेपाल आग्रह गर्दछ ।'

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप