पहिलो अभ्यास खेलमा स्कटल्यान्डले नेपाललाई हरायो
बिहीबार, २५ जेठ २०८०, २१ : ०९
काठमाडौँ । आईसीसी विश्वकप छनोट प्रतियोगिताको पहिलो अभ्यास खेलमा नेपाली टोली पराजित भएको छ । हाल दक्षिण अफ्रिकामा रहेको नेपाली क्रिकेट टोलीलाई पहिलो अभ्यास खेलमा स्कटल्यान्डले सात विकेटले पराजित गरेको हो ।
नेपालले पहिलो ब्याटिङ गर्दै निर्धारित ५० मध्ये २८.५ ओभरमा अलआउट हुनुअघि एक सय ३२ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको स्कटल्यान्डले २९ ओभरमा केवल तीन विकेट गुमाएर विजय लक्ष्य पूरा ग¥यो ।