आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

६ जना मृतावस्थामा फेला

शुक्रबार, २६ जेठ २०८०, ११ : ४४
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं । पछिल्ला २४ घण्टामा देशका विभिन्न स्थानमा ६ जना मृतावस्थामा फेला परेका छन् । नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार कपिलवस्तुको कृष्णनगर नगरपालिका-८ बहादुरगंज बजारस्थित शिव मन्दिरमा सोही नगरपालिका देबनगडीया बस्ने ६० वर्षीय शंकर कहार बिहीबार मृत अवस्थामा फेला परेका छन् । 

यसैगरी रुपन्देहीको मायादेवी गाउँपालिका-१ धमौली बस्ने ५० वर्षीय कपिल लोध सोही ठाउँस्थित बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।  
कञ्चनपुरको बेलडाँडी गाउँपालिका-४ झिलमिला गड्डा टोल बस्ने ४५ वर्षीया दुर्गा थापा पनि सोही ठाउँस्थित उखुबारीमा बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।  

यसैगरी रौतहटको परोहा नगरपालिका-७ स्थित पोखरीमा अन्दाजी ६ वर्षीया बालिका बिहीबार मृत अवस्थामा फेला परेकी छिन् । 
काभ्रे, भुम्लु गाउँपालिका-७ राजकोटस्थित सुनकोशी नदीमा  पनि अन्दाजी ५५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् । यी दुई जनाको सनाखत हुन सकेको छैन । 

प्रहरीका अनुसार मोरङको केराबारी गाउँपालिका-५ बस्ने ३८वर्षीय युवराज रानामगर सोही ठाउँस्थित बाटोमा बिहीबार मृत अवस्थामा फेला परेका छन् ।      यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाइएको  छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप