आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

पिठोमा किरा परेर हैरान हुनुभएको छ ? यी पाँच तरिकाले हट्नेछन्

शुक्रबार, २६ जेठ २०८०, ११ : ५६
शुक्रबार, २६ जेठ २०८०

यस्ता धेरै खानेकुरा छन् जसमा छिट्टै किरा पर्छन् र तीमध्ये एक हुन् पिठो । यो समस्याले धेरैलाई सताइरहेको हुनसक्छ । किरा परेपछि यो खान दिगमिग लाग्न सक्छ त्यसैले पिठो नै फ्याँक्न बाध्य हुनुपर्छ । आज हामी तपाईंलाई यसबाट पार पाउने केही घरेलु तरिकाबारे जानकारी दिँदै छौँ । 

पिठोलाई घाममा राख्नुहोस्

यदि सुजी र पिठोमा कीरा परेका छन् भने, त्यसलाई हटाउन घामको किरण देखाउनु राम्रो विकल्प हो । यसका लागि भाँडा वा सफा कपडामा पिठो हालेर केही समय चर्को घाममा राख्नुहोस् । यसो गर्दा किराहरू हराउनेछन् । यति मात्र होइन, घरमा धेरै पिठो छ भने त्यसलाई समय–समयमा घाममा राख्नुहोस् ।

छान्नेको मद्दत लिनुहोस्

पिठोबाट कीरा हटाउनका लागि छान्नेको मद्दत पनि लिन सक्नुहुन्छ । यसका लागि मसिनो प्वाल भएको छान्ने लिनुहोस् र पिठोलाई दुईदेखि तीन पटक राम्ररी छान्नुहोस् । यसो गर्दा पिठोमा भएका किरा छान्नेमै अड्किन्छ र  यो पूर्ण रूपमा सफा हुनेछन् ।

नुन प्रयोग गर्नुहोस्

पिठोमा किरा नपरोस् भन्ने चाहनुहुन्छ भने नुनको प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि ढिके नुनका केही टुक्रा लिएर यसलाई पिठोको डब्बामा राख्नुहोस् । यसले पिठोमा किरा लाग्न दिँदैन । 

ल्वाङ प्रयोग गर्नुहोस्

पिठोलाई किराबाट जोगाउन तपाईंले ल्वाङ पनि प्रयोग गर्न सक्नुहुन्छ । यसका लागि तपाईंले पिठोको डब्बामा ८–१० वटा ल्वाङ राख्नुहोस् । 

चिसो ठाउँबाट टाढा राख्नुहोस्

पिठोमा किरा नपरोस् भन्ने चाहनुहुन्छ भने पिठोलाई चिसो नभएको ठाउँमा राख्नुहोस् । साथै पिठोलाई हल्का भुटेर राख्दा पनि किरा पर्ने समस्या हट्छ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप