आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

एमालेलाई गृहमन्त्री श्रेष्ठले भने–‘कोशी प्रदेशको विरोधमा अराजक गतिविधि गर्नेलाई बाँकी राख्दैनौँ’

शुक्रबार, २६ जेठ २०८०, १२ : ०९
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोशी प्रदेशविरुद्ध पहिचानवादीको नाममा अराजक गतिविधि गर्नेलाई कानुनी कारबाही गर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभाको बैठकमा एमाले सांसद योगेश भट्टराईले उठाएका प्रश्नहरूको जवाफ दिँदै गृहमन्त्री श्रेष्ठले नेकपा एमाले अध्यक्ष तथा प्रतिपक्षी दलको नेता केपी ओलीमाथि भएको अभद्र व्यवहार र अराजक गतिविधिहरूका सम्बन्धमा दोषीलाई कानुनी कारबाहीमा ल्याउने प्रक्रिया अघि बढाएर मुद्दा चलाएको जानकारी गराए । 

उनले प्रदेश सरकारको तर्फबाट सबै राजनीतिक समस्याहरू वाताद्वारा हल हुन सक्ने भनेर वार्ताका लागि प्रदेश सरकारबाट आह्वान हुनु सकारात्मक कुरा भएको बताए । यति हुँदा हुँदै पनि केही अवाञ्छनीय र अराजक गतिविधिहरू देखा पर्नु दुःखको कुरा भएको उनले बताए ।  मन्त्री श्रेष्ठले भने–‘प्रदेश सभा र प्रदेश मन्त्रालय घेराउ गर्ने, प्रदेशमा प्रमुख, मन्त्री र सांसदहरूलाई जिल्ला भ्रमणमा अवरोध गर्ने, कोसी प्रदेश उल्लेख गरेका साइनबोर्डहरु हटाउने मेट्ने किसिमका विभिन्न कार्यहरू भएका छन् । त्यस्ता काम हुन नदिन सरकारले, प्रशासनले कार्य गर्दै आइरहेको छ । प्रदेश मन्त्रालय र प्रदेश सभाको सुरक्षा, प्रदेशका विशिष्ट व्यक्तिहरूको सुरक्षा, प्रदेश मातहतका स्थानीय तहको सुरक्षामा थप सतर्कता सहित सुरक्षा व्यवस्था कायम गर्न सरकार आवश्यक दृढताका साथ अघि बढेको छ ।’ 

उनले जेठ २५ गते इलाममा भएको घटनाबारे सदनमा जानकारी समेत गराए । उनले भने–‘हिजो इलामको भ्रमणमा कोसी प्रदेशका पूर्व मन्त्री एवं सांसद रामबहादुर रानामगर सवार मे २ झ ३७३७ स्कारपियो गाडीमा चिसापानी भन्ने ठाउँ जाँदै गरेको अवस्थामा चार पाँच जना पहिचान पक्षधर आन्दोलनकारी भन्ने व्यक्तिहरूले सडकमा ढुङ्गा मुडा राखी अवरोध गरेको देखिएपछि सो गाडि फर्काउने क्रममा ती व्यक्तिहरूले लुकाएर राखेको मोबिल गाडीमा फाल्दा केही मोबिल पोखिएको स्थिति छ ।’

उनले कालोमोसो दलिएको प्रचार सत्य नभएको र उनलाई मेची राजमार्ग हुँदै सकुशल लगिएको बताए । सांसद रानासँग आफूले कुरा गरेको र सुरक्षाकर्मीले दिएको सुरक्षाको प्रशंसा गरेको जानकारी गराए । 

कोसी प्रदेशका मन्त्री तीलबहादुर लिम्बु सहितका ब्यक्ति भएको उदयपुरमा भएको कार्यक्रमबाट सुरक्षा दिएर उनलाई लगिएको जानकारी गराए । 

यस्तै डिएसपीको स्कर्टिङमा प्रदेश उपसभामुख सिर्जना दनुवार निजी निवास फर्किने क्रममा त्रियुगा नगरपालिका १२ त्रिवेणी पुल नजिक मोटरसाइकलमा आएका केही व्यक्तिहरूले बा २ झ २७३८ नम्बरको गाडीको झन्डा थुतेर भागेको र त्रियुगा नगरपालिका उपप्रमुख महेश्वरी राई चढेको गाडीमा ढुङ्गा मुडा हुँदा गाडीमा क्षति पुगेको जानकारी गराए । ती आक्रमणकारीको खोजतलास गरी कारबाहीको प्रक्रियामा लगेको जानकारी गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप