आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

प्रेमिकालाई देखाउन रेस्टुरेन्टमा गरे यस्तो व्यवहार, वेट्रेसले लिइन् बदला

शुक्रबार, २६ जेठ २०८०, १४ : ४७
शुक्रबार, २६ जेठ २०८०

मानिसहरूले प्रेमी वा प्रेमिकालाई देखाउनका लागि भए पनि धेरै खर्च गर्छन् । एक व्यक्तिले पनि आफ्नी प्रेमिकाको अगाडि देखावटी गर्नका लागि रेस्टुरेन्टमा यस्तो गरे कि त्यसको बदलामा उनीमाथि जे भयो त्यो निकै रोचक छ । रेडिटमार्फत् एक रेस्टुरेन्टकी वेट्रेसले पूरा घटनाबारे जानकारी दिएकी छिन् ।

‘सबैभन्दा महँगो वाइन मगाए’

उनले आफ्नो रेस्टुरेन्टमा प्रेमिकासँग आएका एक व्यक्तिले सबैभन्दा महँगो वाइन मगाएको बताइन् । उनी भन्छिन्, ‘त्यसपछि उनले आफ्नी प्रेमिकालाई केही महँगो खानेकुरा मगाउन भने । उनी यति अलमलिइन कि उनले लगभग सबै कुरा मगाइन् । पछि जब बिल तिर्ने बेला भयो तब ती व्यक्तिले आफ्नी प्रेमिकालाई बिल तिर्न दिएनन्, उनले आफ्नो क्रेडिट कार्ड दिए ।’

दिए १३ हजार बढी टिप्स

उनले भनिन् – बिल तिर्ने बेलामा आफ्नी प्रेमिकाको अगाडि राम्रो र धनी देखाउन उनले २८९ डलर उठेकोमा सय डलर (१३ हजार रुपैयाँ बढी) टिप्स दिए । उनले मलाई धन्यवाद भने । यति धेरै टिप्सका लागि मैले पनि धन्यवाद भनेँ । उनले ‘धन्यवाद दिनु पर्दैन, वेटरहरूले धेरै मेहनत गर्छन् तर पनि थोरै कमाउँछन्’ भने । त्यसपछि यो जोडी बाहिरियो ।

बहाना बनाएर आए र टिप्स फिर्ता लिएर गए

वेट्रेसले थपिन्, ‘तर ती व्यक्ति केही बेरमा नै कारको चाबी बिर्सिएको भन्दै फर्किए । उनले पछाडि प्रेमिका आइरहेकी छिन् कि भनेर पनि हेरे । कोही नदेखेपछि उनले मलाई हतारमा भने, ‘ १०० डलरको टिप्स फिर्ता गर, म २० डलर मात्रै दिनेछु । म त मेरी प्रेमिकाको अगाडि नाटक मात्रै गरिरहेको थिएँ । ’ मलाई यो कुरा साह्रै नराम्रो लाग्यो । ‘साँच्चै टिप्स कम गर्न चाहनुहुन्छ त’ भनेर सोधेँ । उनले निकै रुष्ट भएर ‘हो’ भने । उनी हतार गरिरहेका थिए त्यसैले म त्यो पैसा फिर्ता गर्न बाध्य भएँ ।’

मैले केही त गर्नु थियो...

उनले थपिन्, ‘मलाई असाध्यै रिस उठ्यो । मैले उनकी प्रेमिकालाई हरेक हालमा उनको वास्तविक अनुहार देखाउनु थियो । मलाई केही त गर्नु थियो । म दौडिएर उनको पछाडि गएँ । उनी पार्किङ लटबाट निस्किरहेका थिए र पार्किङ मिटर चेक गरिरहेका थिए । मैले उनी नजिकै बसेकी उनकी प्रेमिकालाई हात हल्लाएँ । उनले मलाई हेरिन् । त्यसपछि मैले उनलाई भनेँ, ‘सर टिप्स परिवर्तन गर्नका लागि तपाईंले पुनः हस्ताक्षर गर्नुपर्ने हुन्छ ।’ उनको अनुहारको रङ नै उड्यो । ’

उनकी प्रेमिका अचम्मित भइन्

ती व्यक्तिले जवाफ दिए, ‘के भनेको ? तपाईंले अरू मानिसलाई नै खोजेको जस्तो लाग्यो ।’ त्यसपछि मैले स्पष्ट तरिकाले भनेँ, ‘सर तपाईंले सय डलरको टिप्सलाई २० बनाउनु भएको छ, त्यसबारे कुरा गरिरहेको छु । ’ त्यसपछि उनले भने, ‘जे छ, लेऊ, सबैमा हस्ताक्षर गर्छु ।’ उनकी प्रेमिकाले उनको यो रूप देखेर दङ्ग परिन् । मैले आफ्नो बदला लिएँ ।’

‘अब दोहोराएर यस्तो गर्ने छैनन्’

महिलाको यो पोस्टमा धेरैले कमेन्ट गरेका छन् । धेरैजसो मानिसले उनको तारिफ गरे । कोहीले ‘जस्तालाई त्यस्तै’ गर्नुपर्छ भनेका छन् भने कोहीले ‘यो मान्छेले अब यस्तो गर्न आँट गर्ने छैनन्’ भनेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप