आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयको निर्देशन : पिउने पानी र सरसफाईमा ध्यान दिनु

शुक्रबार, २६ जेठ २०८०, १५ : ३३
शुक्रबार, २६ जेठ २०८०

काठमाडौं । स्वास्थ्य मन्त्रालयले देशभरका अस्पतालहरुलाई स्वच्छ पिउने पानी र सरसफाईमा थप ध्यान दिन निर्देशन दिएको छ । मन्त्रालयले शुक्रबार विज्ञप्ति जारी गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतसहित मन्त्रालयका अधिकारीले विभिन्न सरकारी र निजी अस्पतालहरुमा गरेको निरीक्षणका क्रममा अस्पतालहरुमा स्वच्छ खानेपानी र सरसफाईको उचित व्यवस्थापन नभएको पाइएको भन्दै यस्तो निर्देशन दिएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री बस्नेतले उपत्यकाका वीर, शहिद गंगालाल, मेडिकेयर र उपत्यका बाहिर हेटौडा अस्पताल सहित अस्पतालको अनुगमन गरेका थिए । यसका साथै अस्पतालहरुमा शल्यक्रिया पश्चात विरामी राख्ने वार्डहरुमा उचित तापक्रमको व्यवस्थापनमा पनि हरेक अस्पतालले ध्यान दिनुपर्ने मन्त्रालयले अस्पतालहरुलाई स्मरण गराएको छ । 

मन्त्रालयले गर्मी मौषममा सर्पदंश, आगलागी, झाडापखाला, डेंगी र विपद्जन्य समस्या आइपर्दा तत्कालै विरामीलाई उपचार सेवा पुर्याउन सक्ने गरि आवश्यक औषधि, उपकरण र चिकित्सकको व्यवस्था गर्न समेत सबै अस्पतालहरुलाई  निर्देशन दिएको छ ।  गर्मीको बेला विभिन्न सरुवा रोगको प्रकोप फैलन सक्ने सम्भावनालाई ध्यानमा राखेर रोग लागेपछि उपचार गर्नुभन्दा रोग लाग्नै नदिने उपाय स्वरुप स्थानीय स्तरका रेडियो, एफएम र पत्रपत्रिकामार्फत जनचेतनामूलक सूचना सम्प्रेषण गर्न समेत अस्पतालहरुलाई आग्रह गरेको छ । 

हरेक अस्पतालले उपचारका लागि विशेषज्ञ चिकित्सक सहितको प्रभावकारी उपचार सेवा प्रदान गरि आम नागरिकको जिवन रक्षामा चौबिसै घण्टा स्वास्थ्यकर्मी परिचालन गर्ने व्यवस्था मिलाउन समेत स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले मातहतका संघिय, प्रादेशिक र स्थानिय अस्पतालहरुलाई निर्देशन दिएको छ ।

health

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप