आइतबार, ०६ असोज २०८१
ताजा लोकप्रिय

काठमाडौँमा खाद्यवस्तु भण्डारण र चिस्याउने डेरीबारे मेला सुरु

शुक्रबार, २६ जेठ २०८०, १६ : २७
शुक्रबार, २६ जेठ २०८०

काठमाडौँ । खाद्यवस्तुको चिस्याउने डेरी र भण्डारण गर्नेबारे मेला काठमाडौँमा आजबाट सुरु भएको छ । आगामी तीन दिनसम्म चल्ने यो मेलामा नेपाल—भारतका व्यवासयीहरु सहभागी भएका छन् । 

खाद्यवस्तुको भण्डारण र चिस्याएर राख्ने विषयमा अहिले विश्वमा आएको नवीनतम प्रविधिबारे जानकारी दिन मेला आयोजना गरिएको आयोजकले बताएको छ । मेलाले प्रविधि र सामग्री उत्पादक व्यवसायीलाई सहजीकरण गर्ने आयोजकले बताएको छ । मेलाले व्यवसायी व्यवसायीबीच सम्बन्ध बनाउने र व्यवसाय बढाउन सहयोग पुग्ने बताइएको छ । 

भारतबाट मेलामा सहभागी भएका गान्धी अटोमेसन्स प्रा.लि.का प्रतिनिधि विनिल सल्लागरीले खाद्यवस्तुको प्रशोधन र चिस्याउने प्रविधि सामग्रीको बजार धेरै राम्रो रहेको र आफूहरुले प्रयोग गरिरहेको प्रविधि नेपालमा उपलब्ध गराउन लागेको बताए । 

नेपालमा खाद्यवस्तुको प्रशोधन, चिस्यान र भण्डारणमा प्रयोग हुँदै आएको प्रविधि र सामग्री आयातित छन् । बजार बिस्तार हुँदै गएपनि यसमा प्रयोग हुने प्रविधि र सामग्री नेपालमै उत्पादन गर्न सकिएको छैन । मेलामा आफ्नो प्रविधिको प्रदर्शन गर्न आउनुभएका व्यवसायी इन्जिनियर अनिलकुमार आचार्यले बजार हरेक वर्ष बढ्दै गएको बताउनु भयो । प्रदेश सरकारहरुले चिस्यान केन्द्र चिस्यान भण्डारण घरहरु बनाउने कार्यक्रम ल्याएसँगै कृषक र व्यवसायीलाई खुसी बनाएको बताए । 

नेपालमा यस प्रकारको प्रदर्शनी पहिलो पटक भएको हो । आजबाट सुरु भएको मेलामा नेपाल र भारतका ५० बढी व्यापारी, व्यवसायी सहभागी भएका छन् । मेलामा सामान बिक्री भन्दा पनि व्यवसायी सम्बन्ध बनाउन र प्रविधिबारे ज्ञान, सीप साटासाट गर्न साझा मञ्च हुने बताइएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप